प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्बोधन गर्ने

प्रकाशित मिति:

प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेशको धनगढी जाने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न उनी धनगढी जान लागेका हुन । प्रधानमन्त्री ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलले जानकारी दिएको छ । नेकपा ओली समूहका प्रदेश अध्यक्ष कर्णबहादुर थापाले सभाको तयारी पूरा भईसकेको छ । संसद विघटनपछि विभाजित नेकपाका दुवै समूहले आ(आफ्ना कार्यक्रमलाई तीव्रता दिएका छन् ।