निर्मला पन्तलाई न्याय माग्दा पक्राउ परेका युवालाई रिहा गर्न देउवाको माग

प्रकाशित मिति:

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शान्तिपूर्ण प्रदर्शन गर्दा पक्राउ परेका व्यक्तिलाई तत्काल रिहा गर्न माग गरेका छन् । देउवाले आज दिउँसो धनगढीमा ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर न्याय माग्दा पक्राउ परेका युवालाई तत्काल रिहा गर्न माग गरेका हुन् ।

देउवाले लेखेका छन्, ‘धनगढीमा निर्मला पन्तको बलात्कारी खै लेखिएको टिसर्ट लगाएर न्याय मागेका युवाहरुलाई पक्राउ गर्ने कार्य एकदम निन्दनीय छ । प्रधानमन्त्री केपी शर्मा ओलीको धनगढी भ्रमणका क्रममा युवाहरूले ‘निर्मला पन्तको बलात्कारी खै’ लेखिएको टिसर्ट लगाएर प्रदर्शन गरेका थिए । प्रहरी प्रशासनले त्यस्ता प्रदर्शनकारीलाई पक्राउ गरेको थियो ।