चीनद्धारा नेपाल लगायत पाकिस्तान, अफगानिस्तान, श्रीलंका र बंगलादेशसँग कोभिड–१९ का विषयमा छलफल

प्रकाशित मिति:

चीनले दक्षिण एसियाली मुलुकहरु पाकिस्तान, अफगानिस्तान, नेपाल, श्रीलंका र बंगलादेशसँग कोभिड–१९, गरिवी निवारण र अन्य क्षेत्रिय विषयमा छलफल गरेको छ । यसबाहेक कोरोना महामारीका कारण अवरुद्ध भएको व्यापार र आर्थिक सम्बन्धको बारेमा पनि छलफल भएको चिनियाँ विदेश मन्त्रालयले जानकारी दिएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होउ थुनयिङले जनवरी ६ मा महानिर्देशक वर्किङ ग्रुपको बैठक भएको जानकारी दिइन् । तर, नेपालको परराष्ट्र मन्त्रालयले भने केही पनि जानकारी दिएको छैन् । त्यसैगरी नेपालको कुन निकायको महानिर्देशकले भाग लिए भन्ने पनि जानकारी दिइएको छैन ।