प्रधानमन्त्रिले असंवैधानिक कदम सच्चयाउनुपर्छ : सिंह

प्रकाशित मिति:

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आफ्नै दलको विश्वास जित्न नसकेका प्रधानमन्त्रीले जनताको मत लिन निर्वाचन गर्छन् भनेर पत्याउन नसकिने बताएका छन्। शनिबार संसद् विघटनको विरुद्धमा देशभरका ३३० प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसले गरेको विरोधसभाको काठमाडौं १ (क) मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक कदम सच्चाउनुको विकल्प नभएको बताए। उनलेआफ्नै पार्टीको विश्वासको मत लिन नसकेर संसद् विघटन गर्ने प्रधानमन्त्रीले पुन निर्वाचन गरेर जनताको मत ल्याउन सक्छन भन्ने कुरा पत्याउन नसकिने बताएका हुन्। ‘दुई तिहाइ मत पाएको प्रधानमन्त्री भन्ने। तर संसदमा विश्वासको मत लिन नसक्नेले निर्वाचन कसरी गराउँछ,’ सिंहले भने, ‘निर्वाचन हुने ग्यारेन्टी कसले लिन्छ। त्यसैले संसद विघटनको असंवैधानिक कदम सच्चाउनुको विकल्प छैन।’