कम्युनिष्टले जनताको अपमान गरेको कांग्रेस नेताहरुको ठहर

प्रकाशित मिति:

नेपाली काग्रेसका नेताहरुले जनताको मतको कम्युनिष्टहरुले अपमान गरेको बताएका छन् । उनिहरुले ५ वर्षका लागि जनताले दिएको मतप्रति अपमान गरेर प्रतिनिधीसभा विघटन गर्नु जनताको अपमान भएको बताए । विधि र विधान नमान्ने कम्युनिष्टहरुसंग जनतामा जाने नैतिकता पनि नभएको उनिहरुको भनाई छ ।  नेपाली काग्रेस रुपन्देहि क्षेत्र न छ को प्रदेस सभा (क)ले कञ्चन गाउपालिका  १  हात्तिवजारमा आयोजना गरेको विरोधसभामा उनिहरुले यस्तो बताएका हुन् । नेपाली काङ्ग्रेसको केन्द्रिय सर्कुलर अनुसार ३३०ओटै निर्वाचन क्षेत्रमा ओली को गैर सम्मैधानिक तरिकाले बिधि र पद्धति मिचेर संम्बिधानको भावना र मर्म बिपरित गरिएको प्रतिनिधि सभाको बिघटनको बिरोधमा कार्क्रम गरिएको हो ।बिरोध सभामा नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र शर्माले फुटेको नेकपा संग भन्दा एक ढिक्का भएको नेकपासंग नेपाली कांग्रेसले चुनाबी प्रतिस्पर्धा गर्न चाहेको बताएका छन। उनले भने नेकपाहरु राज्यको श्रोत साधनमा ब्रम्हलुट गर्न एक भएको र भागबण्डा नमिले पछि घरभित्रै एकले अर्कालाई दोष देखाएर पार्टी बिभाजनमा गएको बताए ।  यस्तै विशिष्ट अतिथि बिष्णु पोख्रेलले बिगतका चुनाबहरुमा कसैको पनि बहुमत प्राप्त नभएकै कारण नेकपालाई जनताले मत दिएर ठुलो दल बनाएको तर नेकपाले बहुमतको सदुपयोग गर्न नसक्दा देश र जनताले झन ठुलो नोकसान ब्यहोर्नु परेको बताए। सैद्धान्तिक र बैचारिक एकता नगरेर ठुलो हुनको लागि गरिएको एकताले नेकपा र नेकपालाई बिश्वास गरेका जनताहरुले दुख पाएकै कारण आज नेपाली कांग्रेस प्रति जनलहर बढेको बताए।

सैनामैनाका वडा अध्यक्ष सुनिल मरासिनीले संसदिय ब्यबस्थामा प्रमुख प्रतिपक्ष दल शालिन र भद्र प्रतिपक्षको रुपमा रहेर पनि नेपाल कम्युनिष्ट पार्टी९नेकपा०ले सदुपयोग गर्न नसक्नु जनता प्रति ठुलो धोका भएको बताए। नेपाल महिला संघ,जिल्ला समिति सदस्य लक्ष्मी थारुले पटक पटक प्रधानमन्त्रि,उप प्रधानमन्त्रि तथा मन्त्री भईसकेका नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कुनै पनि नेताहरुमा अनुशासन र सभ्य बोली नभएको बताईन् । नेपाली कांग्रेस गैडहवा गाउपालिकाका सभापति सत्य नारायण पथिकको स्वागत,चित्र तुलाचनको संचालनमा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा),राष्ट्रिय जनमुक्ति पार्टी लगायत परित्याग गरि करिब २ सय स्थानिय नेता तथा कार्यकर्ताहरु नेपाली कांग्रेसमा पर्बेश गरेका छन। नेपाली कांग्रेस क्षेत्र नं।५९क०का सभापति राम बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रम कञ्चन ,१,हात्ती बजारमा भएको थियो।