उपहार नगर आमा समुह को छैठो बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशन सम्पन्न

प्रकाशित मिति:

रामु भुसाल,
उपहार नगर आमा समुह बर्दघाट ४ बाढिपिडित पश्चिम नवलपरासीको छैठो बार्षिक साधारण सभा तथा तेस्रो अबिधेशन शनिबार सस्थाको सभाहलमा सम्पन्न भएको छ । समुहकी अध्यक्ष विष्नु कुमारी कार्कीको अध्यक्षता तथा बर्दघाट नगरपालिकाी नगर उपप्रमुख माया देवी पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि पौडेलले महिलाहरु अझै पनि घरदेखी बाहिर निस्केर आत्मनिर्भर हुन नसेको बताउदै उनिहरुलाई सिप, तालिम र क्षमता अभिबृद्धि जरुरी रहेको बताउदै बर्दघाट नगरपालिकाले महिला मैत्री कानुन बनाई विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै महिलालाई स्वारेजगार तर्फ उन्मुख गराउदै आइरहेको बताउनुभएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि बर्दघाट नडा नम्बर ४ का वडाध्यक्ष एवं नगर प्रवक्ता रविन्द्र विक्रम हमाल, बर्दघाट नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्याय, अतिथिहरु नव जिवन मावीका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष डिलाराम चालिसे लगाएतले मन्तब्य राख्नुभएको कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष कार्की र लेखा परिक्षण प्रतिबेदन कोषाध्यक्ष मनका भुषालले ४ लाख ७८ हजार २ सय बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । समुहकी उपाध्यक्ष गिता शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन समुहकी सदस्य सृजना आचार्यले गर्नुभएको थियो । सम्पन्न अबिधेशनले आगामी ३ बर्ष का लागी पार्वती रिजालको अध्यक्षतामा ११ सदस्यिय नया नेतृत्व समेत सर्व सम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा गिता शर्मा, सचिवमा कमला भट्राई, कोषाध्यक्ष सज्जल भण्डारी र सहसचिवमा धनमल्ल रहनुभएको छ भने सदस्यहरुमा चेतमाया लम्साल, देबु परियार, ईन्दिरा भुषाल लगाएत रहनुभएको छ ।