हथौसामा माघ २, ३ र ४ गते  बाणगंगा नगर स्तरिय माघी महोत्सव हुने

प्रकाशित मिति:

कपिलबस्तु २५ पौष।  बाणगंगा नगर स्तरिय तेस्रो माघी महोत्सवको उद्घाटन नगर प्रमुख मंगल प्रसाद थारुले गर्नुहुने भएको छ । थारु कल्यणकारिणी सभा नगर कार्य समितिले शनिबार गरेको पत्रकार सम्मेलनमा यस बर्ष नगर प्रमुख द्वारा माघी महोत्वसको उद्घाटन गर्ने जनकारी गरेको हो । “हम्मनके भाषा, भेषभुषा आउर संस्कृति राष्ट्रके शान, संरक्षण सम्बद्र्धन आवर प्रवद्र्धन कइना हम्मनके अभियन” भन्ने मुल उद्देश्यको साथ अयोजना गर्न लागिएको माघी महोत्सवमा कोरोनाको विचमा पनि यसलाई आफुहले निरन्त दिदै आएको थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकार चौधरीले बताउँनुभयो । उहाँले यस बर्ष गत बर्षहरुमाझै तमझाम नगर्ने र स्थानिय कलकारहरुलाई प्रथामिकता दिने समेत बताउँनुभयो ।

माघ २, ३ र ४ गते देखि बाणगंगा ११ हथौसा शिवरात्री मेला स्थलमा सुरु हुने माघी महोत्सवको सम्पूर्ण तयारी पुरा भएको थारु कल्यणकारिणी सभाका नगर अध्यक्ष एंव माघी महोत्सवका संयोजक भग्गु प्रसाद थारुले बताउँनुभयो । उहाँले यस बर्ष अन्य बर्षहरु भन्द पृथक तरिकाले महोत्सवमा रक्तदान र युवा पुस्तमा बढ्दै गएको लागुपदार्थ दुव्र्यवसानी सम्बन्धी सचेतना मुलक नाटक समेत गर्ने जनकारी दिनुभयो । उहाँले माघ २ गते महोत्सव स्थलमै रक्तदान कार्यक्रम गर्ने र माघ ३ गते लागुपदार्थ दुव्र्यवसानी सम्बन्धी सचेतना मुलक नाटक समेत गर्ने बताउँनुभयो । त्यस्तै माघी महोत्सव पत्रकार सम्मेलन थारु कल्यणकारिणी सभाका नगर अध्यक्ष भग्गु प्रसाद थारुको अध्यक्षता तथा थारु कल्यणकारिणी सभाका जिल्ला अध्यक्ष उमाशंकर चौधरीको प्रमुख अतिथ्यता रहेको थियो । भने नगर सचिव श्रीराम थारुले संचालन गर्नुभएको थियो ।  तीन दिन सम्मा हुने माघी महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । साथै महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने छन् । भने महोत्सवलाई थप मनोरञ्जनात्मक बनाउन स्थानीय कलाकारको विजोड प्रस्तुति समेत हुने अयोजकले जनाएको छ ।

थप समाचार