क्यालिफोर्नियामा भिषण आगलागी

प्रकाशित मिति:

एजेन्सी/
अमेरिकाको क्यालिफोर्नियाको एक जंगलमा आगलागी हुँदा प्याराडाइज शहरमा सय भन्दा बढि बेपत्ता भएका छन् । आगलागीले सम्पुर्ण शहरलाई प्रभावित बनाएको छ । जसको कारण शहर नै खाली भएको छ । आगो निभाउनको लागि हवाई ट्यांकर तथा हेलिकप्टर मार्फत आगो निभाउन प्रयास भैरहेको छ । यो आगलागी अमेरिकी इतिहासमै सबै भन्दा ठुलो भएको बताइएको छ । अधिकारीहरुले यसलाई कैप फायर नाम दिएका छन् । करिब २६ हजार आवादी रहेको यो पर्यटकीय शहर अत्यन्त लोकप्रिय मानिन्छ । आगलागीले हलिउड नायिका माइली सायरस र जेरार्ड बटलरको घरलाई क्षति पुगेको छ भने गुइलेरमो डेल टोरोको घरमा आंशिक क्षति पुराएको छ । आगो लगभग १ लाख १७ हजार एकड क्षेत्रमा फैलिएको छ ।
आगलागी पश्चात राष्ट्रपति ट्रंपले आपतकालिन समयको घोषणा गरेकाछन् ।