गुरुङ सहित खेल क्षेत्रमा योगदान पु¥याएकाहरु सम्मानित

प्रकाशित मिति:

बुटवल । बुटवलमा खेलकुद क्षेत्रमा योगदान पु¥याएका खेलाडी र प्रशिक्षकहरुलाई बुटवल नगर खेलकुद विकास समितिले सम्मान गरेको छ । समितिले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक जित्न सफल र सहभागी भएका खेलाडीसहित अन्यलाई सम्मान गरेको हो । जसमा बुटवलमा लन टेनिस खेल भित्राएर विशेष योगदान पु¥याएको भन्दै रुपन्देही लन टेनिस संघका संस्थापक अध्यक्ष अशोक गुरुङलाई पनि सम्मान गरेको छ । बुटवल उपमहानगरपालिकाकी उपप्रमुख गोमादेवी आचार्य र नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले सम्मानपत्र प्रदान गरेका थिए ।

गुरुङले एक दशक अघि बुटवलमा आफ्नै घरको आंगनमा निजी खर्चमा लन टेनिस कोर्ट बनाएर यो खेललाई सथापित गरेका थिए । पछि देवीनगरमा लन टेनिस कोर्ट बनाएर यो खेललाई संस्थागत बनाएका थिए । उनकै नेतृत्वमा देवीनगरमा करिब एक करोड लगानीमा सुविधासम्पन्न लन टेनिस कोर्ट बनेको हो । समितिले विभिन्न खेलका प्रशिक्षकहरु यम गुरुङ,थमन गुरुङ, मदन थापा, मोहन घले,महेन्द्र सुनार,राजकुमार पाण्डे, सरोज सिंह,अर्जुन घिमिरे,कृष्णप्रसाद दवेकोटा,विजय गुरुङ,उमेश थापा,राजेन्द्र श्रेष्ठ,केशव शाक्य,चन्द्रकान्त आचार्य,दिनेश आचार्य पनि सम्मानित भएका छन् ।