रुपन्देहीका सबै प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभा सम्पन्न , प्रधानमन्त्री र राष्ट्रपति मिलेर संवैधानिक र मौलीक अधिकार खोसे – खाँण

प्रकाशित मिति:

बुटवल, पुस २५- नेपाली काँग्रेसले रुपन्देहीका १० वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा आज बिरोध सभा तथा प्रदर्शन गरयो । जिल्लामा ५ वटा निर्वाचन क्षेत्र अन्तर्गतका १० प्रदेश सभा निर्वाचन क्षेत्रमा बिरोध सभाहरु सम्पन्न भएको हो । ति बिरोध सभामा बोल्ने काँग्रेसका नेताहरुले कम्युनिष्टहरु प्रजातान्त्र र लोकतन्त्रबादी हुनै नसक्ने कुराको पुष्टि भएको बताए । दुइ तिहाइको सरकार प्रमुखले पार्टीको अन्तरिक कलह मिलाउन नसकेर संविधान च्यात्ने काम गरेको भन्दै काँग्रेस नेताहरुले लोकतन्त्र र जनाधिकार रक्षाकालागि काँग्रेसको बिकल्प नभएको बताए ।
रुपन्देही क्षेत्र नं. ३ क को भैरहवामा भएको कार्यक्रमलाइ सम्बोधन गर्दै काँग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँणले प्रधानमन्त्री र राष्ट्रपति मिलेर जनताको संवैधानिक र मौलीक अधिकार खोसेको बताए। प्रतिनिधि सभा बिघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको भन्दै उनले प्रधानमन्त्री केपि शर्मा ओली नसच्चीए सरकार मात्रै नभइ कम्युनिष्टहरु नै समाप्त भएर जाने बताए ।

पुर्व रक्षामन्त्री समेत रहेका नेता खाँणले प्रम ओलीको असंवैधानिक कदमलाइ साथ दिएर राष्ट्रपतिले आफुलाइ नेपाली जनताको नभइ ओलीको राष्ट्रपतिको रुपमा उभ्याएको अरोप पनि लगाए । नेपाली काँग्रेसले जनताकै साथमा रहेर संविधान र लोकतन्त्रको रक्षाकालागि महत्वर्पूण कदम चाल्ने उनले बताए । क्षेत्र नं. २ क का सभापती पुरन प्रसाद श्रेष्ठ,प्रदेश सांसद रमा अर्याल,नगरसभापती दिलीप धिताल, प्राध्यापक संघका शंकर पन्थी लगायतले बोल्दै संविधान र जनाधिकार रक्षाकालागि काँग्रेसले चाल्ने हरेक कदमलाइ नेपाली जनताले साथ दिने बताए । नेता खाँणले क्षेत्र नं. ३ खको अमुवामा भएको भेलालाइ पनि सम्बोधन गरेका थिए ।

यता रुपन्देही क्षेत्र नं. २ ख को ड्राइभरटोलमा भएको बिरोध सभालाइ काँग्रेस नेताहरु महासमिति सदस्य काजिमान श्रेष्ठ,क्षेत्रीय सभापती हरी लम्साल,२ ख का सभापती माधवलाल देवकोटा,महाधिवेशन प्रतिनिधि मनोरमा शेरचन,जिल्ला सदस्य जितबहादुर मल्ल, तरुणदलका सचिव रमेश शाही,नेविसंघका केन्द्रिय उपाध्यक्ष मुक्ति पौडेल,भुपु सैनीकका लालबहादुर भण्डारी, १ का वडा सभापती जोवन सिंह ठकुरी,उपसभापती मुक्ती अधिकारी,सचिव राममाया पौडेल लगायतले बोल्दै तीन बर्षमा जनहितका एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले संसद नै भंग गरेर संविधान माथिकु गरेको बताए । वत्ताहरुले कम्युनिष्ट सरकार दुर्भाग्यपूर्ण रहेछ भन्ने कुराको पुष्टि भइसकेकाले अव नेपाली काँग्रेसको झण्डा मुनी गोलबन्द हुन सबैलाइ आग्रह समेत गरे ।

क्षेत्र नं. २ ख को नयाँगाँउमा भएको बिरोध सभालाइ सम्बोधन गर्दै प्रमुख अतिथि महासमिति सदस्य युवराज गिरी,बुटवल नगरसभापती खेलराज पाण्डे,सैनामैना सभापती रामप्रसाद अधिकारी महासमिति सदस्य रामबहादुर कार्की,जिल्ला सदस्य गोबिन्द लम्साल,माया गौतम,२ ख का सभापती पर्शुराम ढकाल लगायतले बोल्दै कम्युनिष्ट सरकारले मुलुकको लोकतान्त्रिक संबिधान च्यातेर देशलाइ अधिनायकबाद र अस्थिरता तर्फ धकेलेको बताए । सचिव रबिन्द्रमान श्रेष्ठको संचालन र जमुना ढकालको स्वागतमा भएको बिरोध सभामा शान्ती समाजका केन्द्रिय उपाध्यक्ष गोबिन्द खनाल,डिएलएका प्रदेश अध्यक्ष गोकर्ण सिंह थापा,उदयराज काफले,डिल्लीशर्मा आर्चाय,पुरुषोत्तम बस्याल लगायतले बोल्दै लोकतन्त्र र संविधान रक्षाकालागि काँग्रेस शसक्त रुपमा अगाडी बढ्नु पर्नेमा जोड दिए ।