संविधान को रक्षाको लागी काङ्ग्रेस सडकमा आउनु परेको छ – नेता खनाल

प्रकाशित मिति:

प्रकाश न्यौपाने
पौष २५ गते
नेपालि काङ्ग्रेसका नेता एव संविधानसभा सदस्य बिक्रम खनालले संसद विघटन अलोकतान्त्रिक र गैर संबैधानिक कदम भएको बताउनु भयो ।
ओलि सरकारले प्रतिनिधि सभा विघटन गरेर अधिनायकवाद ल्याउन खोजेको बताउदै खनालले संविधानको रक्षाका लागि कांग्रेस सडकमा आउनु परेको बताउनु भयो । कांग्रेस निर्वाचन चहान्छ तर निर्वाचन संबैधानिक रुपमा निर्वाचन गराउनु पर्ने पक्षमा काङ्ग्रेस रहेको बताउनु भयो । देशमा के.पी ओलिको अकर्मण्यता र अहंकारले निम्तिएको सन्कटले गर्दा बिदेशी शक्तीको चलखेल बढेकाले पनि लोकतन्त्र प्रेमी राष्ट्रभक्त नेपाली जनता सजक हुनुपर्ने र देशलाई जोगाउन लोकतन्त्र लाई जोगाउन र लोकतान्त्रिक संविधानको रक्षाको लागि जनताले नेपाली कांग्रेसलाई साथ दिने भन्दै कम्युनिस्ट सरकारको ३ बर्षे शासन कालमा जनताको समृद्धि र बिकासका आशालाई तुसारापत गर्दै ओलि सरकार विभिन्न भ्रष्टाचारका काण्डहरुको संरक्षकका रुपमा प्रस्तुत भएको बताउनु भयो । द्ण्डहिनता र अराजकताको पराकाष्ठा नाघेर बलात्कार, हत्या हिंसा, अन्याय अत्याचारले नेपाली जनता तराही तराही भएकोले पनी कांग्रेस सडकमा उत्रिनु परेको बताउनु भयो।

प्रतिनिधि सभा बिघटन गैर संबैधानिक तवरले गरेको भन्दै नवलपरासी पश्चिमको प्रदेश सभा निर्वाचन क्षेत्र न. १(क) मा नेपाली कांग्रेस प्रदेश सभा क्षेत्रीय समितीको आयोजनामा आज बर्दघाट नगरपालिकाको चैपत्तामा बिरोध सभा सम्पन्न भएको छ। प्रदेश सभा निर्वाचन क्षेत्र न १(क) का क्षेत्रीय सभापती बेद प्रसाद शर्माको सभापतित्व तथा क्षेत्रीय सह सचिब धुर्व थारुको स्वागत मन्तव्यमा भएको कार्यक्रममा नेबिसंघ निवर्तमान सभापति दधी पौडेल,सरावल गाउँ पालिका सभापती बिनोद पाण्डे, बर्दघाट नगरपालिका सभापती शम्भु श्रेष्ठ,तरुण दल जिल्ला सभापती सुक बहादुर गुरुङ्ग,नेका नेता क्याप्टेन मान बहादुर थापा, आमन्त्रित जिल्ला सदस्य गृष चौधरी,नेपाल महिला संघ जिल्ला सभापती कमला पराजुली, महासमिती सदस्य अनिल कुमार गौड,जिल्ला सदस्य तपचन्द्र बिश्वकर्मा,महासमिती सदस्य लाल बहादुर गुरुङ्ग,जिल्ला सदस्य विश्व प्रेम पाठक,पुर्व जिल्ला उपसभापती दिपप्रकाश लोहोनी, नेपाली कांग्रेस सहकारी बिभागका केन्द्रीय सदस्य चन्द्र ढकाल, नेता नन्दु चौधरी लगायतको उपस्तिथि रहेको थियो।
साथै नेकपा परित्याग गरि करिव ५५ जना नेपाली कांग्रेसमा प्रबेश गरेका नव आगन्तुक साथीहरुलाई प्रमुख अतिथि नेता खनालले स्वागत गर्नु भएको थियो। सो बिरोध सभाको सन्चालान क्षेत्रीय सचिब दिपक बरालले गर्नु भएको थियो।