विश्वमा कोरोना संक्रमितको संख्या ९ करोड बढी पुग्यो

प्रकाशित मिति:

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या नौ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा ७ लाख २७ हजार १४ जनामा सङ्क्रमण पुष्टि भएसँगै विश्वभर कोरोना सङ्क्रमितको संख्या ९ करोड ७७ हजार नाघेको हो । सङ्क्रमण पुष्टि भएकामध्ये ६ करोड ४४ लाखभन्दा बढी सङ्क्रमणमुक्त भएका छन्। यो कुल सङ्क्रमितको ७१ प्रतिशतभन्दा धेरै हो । यस्तै १९ लाख ३४ हजारभन्दा धेरैले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाइसकेका छन् । पछिल्लो २४ घण्टामा मात्र विश्वमा १२ हजा। संक्रमितले ज्यान गुमाए । अहिले विश्वमा दुई करोड ३६ लाखभन्दा धेरै सक्रिय सङ्क्रमित रहेकामा तीमध्ये एक लाख आठ हजारभन्दा धेरै गम्भीर बिरामी रहेका छन् । कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै प्रभावित बनेको अमेरिकामा मात्रै दुई करोड २६ लाखभन्दा बढी सङ्क्रमित भएका छन् भने तीन लाख ८१ हजारभन्दा धेरै सङ्क्रमितको ज्यान गएको छ । दोश्रो प्रभावित भारतमा एक करोड चार लाख ५० हजारभन्दा धेरैमा सङ्क्रमण हुँदा एक लाख ५१ हजारभन्दा धेरैको ज्यान गएको छ ।