बुटवलको राजमाग चौराहादेखि चिडियाखोलासम्म सडक किनारका घर टहरा भत्काउन सुरु

प्रकाशित मिति:

बुटवलको राजमार्ग चौराहा देखि गोलपार्क सम्मको सडक किनारामा रहेका घर टहरा तथा अन्य संरचना भत्काउन शुरु भएको छ । सडक विस्तारका लागि व्यापारिक मार्ग विस्तार आयोजना बेलहिया बुटवल सडकले सडक किनाराका घर टहरा भत्काउन २४ घण्टे अल्टिमेटम दिई भत्काउन शुरु गरेको हो । व्यापारिक मार्ग विस्तार आयोजनाले सडक अतिक्रमण गरी बनाईएका घर टहरा तथा संरचना भत्काउन घरधनीलाई शुक्रबार २४ घण्टे अल्टीमेटम सहितको सुचना जारी गरेको थियो । राजमार्ग चौराहा देखि चिडियाखोला खण्डको साढे ३ किलोमिटर सडक घरधनीको अवरोधका कारण विस्तार हुन सकेको थिएन् ।

सडक अतिक्रमण गरी बनाईएका संरचना तथा घर टहरा खालि गर्न घरधनीलाई लिखीत, माईकिङ तथा विद्युतिय सुचना गरिएको डिभिजन सडक कार्यालय बुटवलका प्रमुख जयलाल मरासिनीले बताए । सर्वोच्च अदालतले असार ३ मा आफैले दिएको अल्पकालिन अन्तरिम आदेश खारेज गर्दै बाटो विस्तार रोक्नु पर्ने अवस्था नभएको फैसला सुनाएपछि व्यापारिक मार्ग बिस्तार आयोजनाले बाटो विस्तारको काम अगाडि बढाएको छ। आयोजनाले राजमार्ग चौराहा देखि चिडियाखोला चौकीसम्म सडकको मध्य भागबाट दायँं बांया २५÷२५ मिटर क्षेत्रभित्र बनेका संरचना खालि गराई सडक विस्तारमा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो ।
]