सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टा अनावरण

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली ,पुस २६, सिसहनिया -देउखुरी दाङ,  धार्मीक पर्यटनको विकासका लागि सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मिक स्थलमा घण्टी राखिएको छ ।  धार्मिक स्थानको पर्बधन गरौ स्थानिय स्तरका पर्यटकीय स्थलको विकास गरौ भन्ने उदेश्यले राप्ती गाउँपालिका वडा नं ५ कालापानीमा पर्ने खौराहा बाबा धार्मिक स्थलमा १५ किलोको घण्टा राखीएको हो ।

सिसहनियाँको एक महत्वपुर्ण स्थलको रुपमा रहेको खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको विकास तथा प्रचार प्रसार गर्ने उदेश्यले सो क्षेत्रलाई थप आकर्षक बनाउन घण्टा राखीएको सिसहनियाँ उद्योग बाणिज्य संघका अध्यक्ष शान्तराज भण्डारीले जानकारी दिनु भएको छ ।
राप्ती गाउँपालिका उपाध्यक्ष जगदम्वा कुमारी चौधरीको अध्यक्षतामा भएको पितलको घण्टा अनावरण कार्यक्रममा आगामी दिनमा सो क्षेत्रको विकासमा स्थानिय सरकारको पुनः आर्थिक सहयोग रहेने वडा नं ५ का वडा अध्यक्ष गोवर्धन रावतले बताउनु भएको छ ।
सिसहनियाँ उद्योग बाणिज्य संघले खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको विकासका लागि स्थानिय सहयोग दाता, धार्मिक ब्यत्तित्व, संघ संस्थाहरुको सहयोगमा मन्दिर निर्माण, पोखरि विस्तार, पीकनिक स्थालको विकास, पीउने पानीको ब्यवस्था गर्न सफल भएको महासचिव ईश्वरी अधिकारीले बताउनु भएको छ ।

पितलको घण्टा अनावरण कार्यक्रममा मन्दिर परिसरको सरसफाई, पोखरी सरसफाई सहित स्थानिय वन समुहलाई धार्मीक स्थलको सुरक्षाका लागि सहयोग समेत गरिने संघ का सचिव मदन पोख्रेलले बताउनु भएको छ ।ब्यापारीहरु स्वच्छ ब्यापारको साथै आफ्नो क्षेत्रका विभिन्न सरोकार क्षेत्रको विकासमा निस्वार्थ सेवा तथा सहयोग गर्न तत्पर रहेमात्र सेवा क्षेत्रमा ग्राहक ल्याउन सकिने जसले ब्यापार क्षेत्रको साथै स्थानिय कला संस्कृतिको विकासमा समेत लाभ पुग्ने संघका पुर्व अध्यक्ष पुर्ण बहादुर बुढाथोकीले बताउनु भएको छ ।खौराहा बाबा धार्मीक पर्यटकीय स्थल र सो क्षेत्रको वनको विकासका लागि अग्रजहरुले ठुलो भुमिका खेलेकोमा पछिल्लो पुस्ताले सो संरक्षणको अभियानमा सक्रियता देखाउनु आवस्यक रहेको समाजसेवी तुल्सी गौतमले सो अवसरमा बताउनु भएको थियो । कार्यक्रममा देव प्रसाद चौधरी, छविलाल चौधरी, जगनारायण चौधरी लगायतले खौराहा बाबा धार्मीक पर्यटकीय स्थलको धार्मिक महत्वका वारेमा जानकारी गराउनु भएको थियो । खौराहा बाबा धार्मीक पर्यटकीय स्थल पुगेपछि जो कसैलाई लोभ्याउँछ । त्यहाँको प्राकृति मनोरम दृश्य स्वच्छ सफा । विभिन्न प्रजातिका चराचुरुङ्गी जंगली झार बोट विरुवा फुल तथा शितल हावापानी ।

कहाँ छ  मन्दिर ? राप्ती गाउँपालिका वडा नं ५ को कालापानी गाउँ उत्तरतर्फ पर्दछ । यस स्थान परम्परागत रुपमा धार्मीक दृष्टीले महत्वपुर्ण मानिन्छ भने पछिल्लो समय पर्यटनका लागि मनमोहक तथा शान्त स्थल भएकोले आकर्षणको केन्द्र बनेको छ । महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजारदेखि करिब १।५ किलोमिटर उत्तरमा पर्दछ ।धार्मिक आस्था, पिकनिक र प्रकृतिप्रेमीका लागि उपयुक्त मनमोहक प्राकृतिक सम्पदा, भव्य शिव मन्दिर, आकर्षक तलाउ, स्नानार्थ कुण्ड, विभिन्न प्रजातीका चराचुरुङी तथा बन्य जन्तुको बासस्थान रहेको सो खौराहा बाबा धार्मीक पर्यटकीय स्थलमा आन्तरिक पर्यटकहरु घुमघाम गर्न, मनमोहक दृष्यको आन्नद उठाउन, पिकनिक गर्न नियमित आउने गर्दछन् ।माघी स्नानको अवसरमा भब्य मेला लाग्ने यो स्थानको अवलोकन तथा कुण्ड स्नान गर्नाले छाला सम्वन्धि रोग हराउने विश्वास छ । कालापानी सामुदायिक वनको संरक्षण तथा खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सञ्चालन समिति लगायत समुहहरुको संरक्षणमा रहेको धार्मीक पर्यटकीय स्थलको विकासको लागि स्थानीय नागरिक, साविक गाविस र हाल गाउँपालिका लागि परेको छ ।

यस्तो रमणिय स्थानको तपाई हामी पनी अवलोकन गरि धार्मीक आस्था र विस्वास र पर्यटकीय भावनाको विकास गर्न एकपटक जाने कि रु
कसरी पुग्ने ? यो महाभारत पहाडको फेदिमा पर्ने यो खौराहा बाबा धार्मीक पर्यटकीय स्थल सिसहनिया बजारदेखि करिब १।५ किलोमिटर उत्तरमा राप्ती गाउँपालिकाबाट जान सकिन्छ , वडा ५ मा पर्ने भएकोले त्यहाँका वडा अध्यक्ष वा स्थानियका सहयोगमा टाढाबाट पनि घुम्न आउन सकिन्छ ।सिसहनिया बजार देखी उत्तर करिव १।५ मिलोमिटको दुरीमा यो स्थान रहेको छ । स्थानिय उब्जाउ, खानपान रहनसहन तथा प्राकृतिक धनी भएकोले थोरै खर्चमा धेरै आनन्द मनोरञ्जन लिन सकिन्छ ।