कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा

प्रकाशित मिति:

सोमबार समापन हुने
रुपन्देहीको तिलोत्तामा–८स्थित कुंवरवर्ती बोर्डिङ माविमा शनिवारदेखि जारी तिलोत्तमा नगरस्तरीय अन्तर मावि छात्र–छात्रा भलिबल प्रतियोगितामा आइतबार प्रिक्वाटर , क्वाटर फाइनल र सेमिफाइनल खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत छात्रातर्फको सेमिफाइनलमा कुंवरवर्ती बोर्डिङ मावि र नवज्योति मावि विजयी हुंदै फाइनलमा प्रवेश गरेका छन् । कुंवरवर्तीले सिद्धार्थ मावि र नवज्योतिले होराइजन जीबीएस माविलाई पराजित गरेका हुन् । अब होराइजन जीबीएस र सिद्धार्थ मावि तेस्रो स्थानका लागि सोमबार प्रतिस्पर्धा गर्ने कुंवरवर्ती बोर्डिङ स्कूलका प्राचार्य दीपक खनालले बताए । यस्तै आइतबार नै भएको छात्र भलिबलमा कुंवरवर्ती र सेन्ट जोसेफ मावि विजयी हुंदै सेमिफाइनलमा प्रवेश गरेका छन् । कुंवरवर्तीले गिर्वाण मावि र सेन्ट जोसेफले सिद्धार्थ माविलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । सोमबार पहिलो सेमिफाइनल खेल कुंवरवर्ती र सेन्ट जोसेफ मावि बीच हुने छ ।

बिहान ८ बजेदेखि खेल शुरु भई दिउंसो २ बजे फाइनल खेल र समापन समारोह हुने प्राचार्य खनालले बताए । नगर खेलकुद विकास समिति तिलोत्तमाको आयोजना तथा कुंवरवर्ती इङ्गलीस बोर्डिङ स्कुलको संयोजनमा भएको प्रतियोगितामा छात्रतर्फ नगरका १८ र छात्रातर्फ ११ विद्यालयको सहभागिता छ । समापन समारोहमा छात्र तथा छात्रा दुबैतर्फ बेस्ट प्लेयर,बेस्ट सर्भर,बेस्ट स्पाइकर,बेस्ट डिफेन्स,बेस्ट ब्लकर,अनुशासित खेलाडी, उदियमान खेलाडी,उत्कृष्ट कोच,उत्कृष्ट टिम म्यानेजरलाई पुरस्कृत गरिने प्राचार्य खनालले बताए ।