पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह

२६ पुष २०७७, आईतवार ०   बिचार / प्रतिक्रिया


पृथ्वीनारायण शाहको २ सय ९९ औं जयन्तीको अवसरमा बुटवलमा सोमबार बृहत्त र्याली को आयोजना हुने भएको छ । पौष २७ गते पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रिय चाडको रुपमा मनाउनको लागि बृहत्त र्याली कोे आयोजना हुने भएको हो । सम्पूर्ण रुपन्देही बासी भन्ने अभियानले आज बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरि भोली बुटवलको जितगढि किल्लाबाट र्याली को सुरुवात हुने बताएको छ । जितगढि किल्लाबाट सुरु हुने मोटरसाईकल र्याली अमरपथ बजार हुँदै , गोलपार्क , राजमार्ग चौराहा , योगिकुटी  हुंदै महेन्द्रपार्कमा आएर कोण सभामा परिणत हुने कायंक्रमका संयोजक कृष्ण प्रसाद पुनले जानकारी दिनुभयो ।

उक्त ¥यालीमा सम्पूर्ण रुपन्देहीबासी सहभागि हुन उँहाले अनुरोध समेत गर्नुभयो । पृथ्वीनारायण शाहले नेपाललाई एकिकरण गरेर सबैलाई एक बनाएको योगदानको स्मरण गर्दै यसलाई राष्ट्रिय पर्वको रुपमा मनाउन लागिएको उँहाले बताउँनुभयो । भोली दिउँसो १ बजेबाट र्याली को सुरुवात हुने पुनले जानकारी दिनुभयो । पुर्वमन्त्री प्रकाश चित्रकारले पृथ्वीनारायण शाहको योगदानलाई अहिलेका नेताले बिर्सेको बताउँदै उँहाको योगदानलाई सबै नेपालीले स्मरण गर्नुे पर्ने बताउँनुभयो । हरेक वर्ष पौष २७ गते राष्ट्निर्माताको सम्झनामा राष्ट्रिय पर्व मनाउँनु पर्नेमा उँहाले जोड दिनुभयो । यस्तै योगी बलभन्द्र नाथले पृथ्वीनारायण शाहले युवा उमेरमा नै नेपालको एकिकरणको सुरुवात गरेकाले अहिलेका युवापुस्तामा उँहाप्रतिको सम्मान अझं बढ्दै गएको बताउनुभयो । सरकारले पृथ्वीजयन्तीमा विदा कटौंती गरेको प्रति उँहाले आपत्ती जनाउनुभयो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया