मलाई कसैले चाहँदैमा पदबाट हटाउन सकेन त्यही हो स्थिरता : प्रधानमन्त्री

२७ पुष २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले चाहेरै पनि पदबाट हटाउन नसक्नु नै स्थिरताको उदाहरण भएको बताएका छन् । राष्ट्रिय सभाको बैठकमा आइतबार धारणा राख्दै उनले भने,‘वैधानिक बाटोबाट जाँदा हुँदन अस्थिरता त्यतिबेला हुन्छ ,वाह्य शक्तिको इशारा र स्वार्थमा जव देशका शक्तिहरु गोटी बन्न थाल्छन् र राष्ट्रिय राजनीतिलाई अस्थिरता तर्फ धकेल्न थाल्छन्, विकास निर्माणका काममा व्यवधान सिर्जना गर्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई अफ्ठ्यारो पार्ने र काम गर्न नदिने अवस्था आउँछ ।’

उनले त्यसबेला निरिह बन्ने स्थिति आउने भन्दै त्यस्तो स्थिति स्थायीत्वको स्थिति नभएको बताए । ‘त्यो स्थिरताको स्थिति होइन् । अहिले स्थिरता र स्थायीत्वको स्थिति हो कसैले पनि प्रधानमन्त्री हटाउन सकेन । चाहेर पनि हटाउन सकेन ।’ उनले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा अदालतले छलफल नगर्न सुझाएका छन् यस मुद्दामा अदालतले इन्टरटेइन गर्नु भन्दा केही गर्नु नपर्ने भनेर खारेज गरे हुने बताए । उनले अहिले अदालतलाई समेत धम्की आइरहेको समेत बताए । ‘प्रधानन्यायाधीशलाई वर्तमान र भविश्य संझिएर फैसला गर्नुस् भन्दै धम्की दिइएको छ , अराजकताको पनि हद हुन्छ । अदालतले इन्टरटेइन गर्नु भन्दा केही गर्नु नपर्ने भनेर खारेज गरिदिए हुन्छ । किनभने यो राजनैतिक निर्णय हो । ’ उनले भने ।

उनले नेपाली जनताले जुन अभिाराका साथ लोकतान्त्रिक मूल्य र मान्यताका र अभ्यासका सकारात्मक र उन्नत पक्षलाई प्रयोग गरेर सरकार अगाडि बढेको थियो भन्दै आफ्नो वचाउ गरे । उनले भने, ‘सरकारलाई काम गर्न दिने वातावरण बनेन, सरकारलाई काममा व्यवधान सिर्जना गरियो, जहिले पनि झमेला गरियो । धेरै काशिश गरें पाँच वर्ष सरकार टिकोस् भन्ने जनताको इच्छा थियो । लगभग दुई तिहाई बहुमत दल भित्रै अस्थिरता देखियो ।’

उनले गुटका र पार्टीलाई विभाजन गर्ने बैठक एउटा बैसाख १३ देखी पुस ४ सम्म एउटै नेताका घरका १८० गुटका बैठक भएको राष्ट्रिय सभामा पनि दोहोराए ।उनले सरकारले विकास निर्माणका कामलाई तिव्रता दिएको बताए । उनले कामा फेहरिस्त सार्वजनिक गर्दै असाधारण किसिमले विकास भएको बताए ।यस किसिमले यस भन्दा अगाडि कहिल्यै पनि विकास भएको थिएन । विकास निर्माणका काम तिर्वताका साथ भैरहेका छन् तर निर्वाचनबाट आएको प्रधानमन्त्रीलाई षणयन्त्र गरेर हट्नुपर्छ भन्ने । मैले दिएका अधिकारलाई दुरुपयोग गरेर सिंह बनेर सिद्धाउन लागे ।’ उनको आरोप थियो ।उनले प्रतिनिधि सभा विघटन संविधान अनुसारै भएको जिकिर गरे । ‘वास्तविक स्थिरता र स्थायीत्व के हो रु कथम कदाचित सरकार बन्न सकेन भने, संविधानले स्थिरता पाँच वर्षसम्म सरकार टिकाउने मात्र भनेको छैन । सरकार बन्न सकेन भने तत्काल चुनावमा जाने व्यवस्था गरेको छ ।’ उनले भने,‘ संविधानले स्थिरता ७६ ९७० ले तत्काल चुनावमा जान भनको छ ।’

उनले उक्त धारामा भएको व्यवस्थाको व्याख्या गरेका थिए । उनले चुनाव हुनु अस्थिरता नभएको भन्दै अस्थिरता संविधान सही ढंगले कार्यान्वयन हुुनु नहुनु भएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया