देश कसरी जोगाउने भन्नेमा चिन्तित छु : पुर्वराजा शाह

प्रकाशित मिति:

पूर्वराजा ज्ञानेन्द्र शाहले देश कसरी जोगाउने भन्नेमा आफू चिन्तामा रहेको बताएका छन् । पृथ्वीनारायण शाहको २ सय ९९ औं जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा श्रद्धास्मरण व्यक्त गर्न शुभकामना सन्देश जारी गर्दै पूर्वराजाले ‘यो समयमा हामी देश कसरी जोगाउन सकिएला भन्ने चिन्ताग्रस्त अवस्थामा छौँ,’ उनले भनेका छन्, ‘देशको आवश्यकता र जनताको चाहना हुँदा शाहवंशीय राजाहरूले सक्रिय भूमिका मात्र निर्वाह गरेका छैनन्, संवैधानिक राजतन्त्रको मर्यादाअनुरूप व्यवहार भएको छ र राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारी पनि दर्शाएका छन्। हाम्रा निम्ति देश र जनताको हित नै सर्वोपरी रहँदै आएको छ।’ उनले जनचाहनाअनुसार शाह वंशले निर्णय लिँदै आएको जिकिर गर्दै उनले अहिलेको व्यवस्थाप्रति असन्तुष्टि जनाएका छन्।