संस्थापक अध्यक्ष अवार्ड–२०२० बाट पत्रकार गुप्ता सम्मानित

प्रकाशित मिति:

जेसीआई सिद्धार्थ, नेपालको ‘मोहनलाल शारदा मेमोरियल ट्रष्ट‘ अन्तर्गत ‘संस्थापक अध्यक्ष अवार्ड’ २०२० बाट पत्रकार रबिन्द्र प्रताप गुप्ता सम्मानित भएका छन् । आइतबार जेसीआई सिद्धार्थ, नेपालको भैरहवामा सम्पन्न ४६ औं पदस्थापन समारोहमा उनलाई नगद रु. १० हजारसहित कदरपत्रबाट सम्मान गरिएको हो । पत्रकारिता क्षेत्रमार्फत समाजमा योगदान पु¥याएको भन्दै गुप्तालाई जेसीआई सिद्धार्थ, नेपालले सम्मान गरेको हो । उनलाई प्रतिनिधिसभा सांसद प्रमोद कुमार यादव र जेसीआई सिद्धार्थ–२०२० का अध्यक्ष मंगल भण्डारीले नगद तथा कदरपत्र प्रदान गरे । विगत आधा दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार गुप्ता गौतमबुद्ध सन्देश दैनिक, खबरपात्रो डट कम, बुद्ध सामुदायिक टेलिभिजन, प्राइम टाइम्स टेलिभिजन र उज्यालो नेटवर्क डटकममा आबद्ध छन् । उनले लुम्बिनी प्रेस क्लबको कार्यसमिति सदस्य, चलचित्र पत्रकार संघ रुपन्देहीको कार्यसमिति सदस्य, मधेशी पत्रकार समाज रुपन्देहीको कोषाध्यक्ष लगायतको जिम्मेवारी पनि सम्हाल्दै आएका छन् ।