६ नं वडामा खेलकुद प्रतियोगीता

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, पुस २७, बगरापुर ,देउखुरी दाङ- लागु पदार्थ दुर्वेशन त्यागौ खेलकुदमा लागौ भन्ने अभिप्रायका साथ राप्ती गाउँपालिका वडा नं ६ मा खेलकुद प्रतियोगीता सुरु भएको छ । वडा कार्यालयको यस आर्थिक वर्षको बार्षिक कार्यक्रम अनुसार माघी पर्बको आगमनको अवसरमा खेलकुद प्रतियोगीता को आयोजना गरिएको वडा सचिव मंगल प्रसाद चौधरीले जानकारी दिनु भएको छ ।

विगतको वर्ष जस्तै पुरुष तथा महिला भलिवल तथा फुटवल प्रतियोगीताको आयोजना गरि नयाँ खेलाडिको उत्पादन तथा क्षमता पहिचानको लागि वडाले प्रतियोगीता को आयोजना गर्दै आएको वडा अध्यक्ष बेद प्रसाद चौधरीले बताउनु भएको छ ।सोमवार राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुबेदिले खेलकुद प्रतियोगीताको उद्घाटन गर्दै खेलकुदमा लाग्ने सम्पुर्ण खेलाडि, दर्शक खेलप्रति ब्यस्त भएमा दुर्बेशनमा लाग्ने संभावना कमहुने र शारिरीक स्र्फुतिका कारण रोगबाट समेत बच्न सक्ने सम्भावना बढिहुने बताउनु भएको छ ।वडा नं ६ को बगरापुर, सगरापुर, भगवानपुर, पत्थरगढवा र मझेरियाँ गाउँका १५ खेल समुहको सहभागीता रहेको प्रतियोगितामा विजयी समुहलाई नगद, प्रमाणपत्र र शिल्ड प्रदान गरिने बताईएको छ