कञ्चन जेसिजद्वारा कञ्चनका पत्रकार जगिलाल थापा सम्मानित

प्रकाशित मिति:

२७ पुष,कञ्चन । रुपन्देहीको कञ्चन गाउपालिकाबाट पत्रकारिता गर्दै आउनु भएका कञ्चन खवर डटकमका प्रकाशक तथा सम्पादक जगिलाल थापालाई कञ्चन जेसिजले संचालन गरेका कार्यक्रम र संचार माध्यमबाट संचार क्षेत्रमा पु्याएको योगदानको कदर गर्दै कञ्चन जेसिज बर्ष २०२० पत्रकारिता पुरस्कारद्वारा सम्मान गरेको छ।

बिगत १० बर्ष अघि रेडियो मलमला र श्रमिक साप्ताहिकबाट पत्रकारिता शुरु गरेका थापाले पछिल्लो समय ग्रामिण क्षेत्रमा भए गरेका बिभिन्न बिकास तथा सचेतना मुलक कार्यक्रमहरुको समाचार समप्रेषण गर्दै ग्रामिण क्षेत्रको बिकासमा महत्वपुर्ण योगदान गर्दै आएका छन भने ग्रामिण क्षेत्रको पर्यटन,कृषि,बिकास,शैक्षिक क्षेत्र लगायतको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ स्थानिय एफ।एम। स्टेशन सामुदायिक रेडियो कञ्चनको स्थापना गरी संस्थापक स्टेशसन म्यानेजर भई ग्रामिण क्षेत्रलाई मोफसलसंग जोड्ने कार्यमा महत्वपुर्ण योगदान पुर्याएका थापा बुटवलबाट प्रकाशित हुदै आएको सबलपोष्ट राष्ट्रिय साप्ताहिक,सामुदायिक बुद्ध टेलिभिजन,वैखरी अनलाइन,कपिलबस्तु,गोल मिडिया खवर अनलाइन पत्रिका लगायत संचारगृहरुका लागि स्थानिय सम्वाददाताको रुपमा कार्य गर्दै आएका छन।

कञ्चन जेसिजको स्थापनाकाल देखि नै मेडिया कोर्डिनेटरको रुपमा काम गरेका थापाले सामुदायिक संचार संस्था प्रा।लि। संचार गृह संचालन गरी बिगत १ बर्ष देखि कञ्चन खवर डटकम अनलाइन डिजिटल पत्रिका प्रकाशन गर्दै आएका छन । कञ्चन जेसिज बर्ष २०२०का अध्यक्ष बाबुराम पौडेलले पत्रकारिता मार्फत कञ्चन जेसिज र कञ्चन जेसिजले गरेका सामाजिक सेवामुलक कार्यलयलाई देश बिदेशमा पुर्याई परिचित गराउन योगदान पुर्याए वापत पत्रकार थापालाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो ।