सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत : कांग्रेस नेता भण्डारी

२७ पुष २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


पुष २७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा नेता चन्द्र भण्डारीले सर्वोच्चमा विचाराधिन विषयमा पूर्व प्रधानन्याधिसले बोल्नु गलत भएको बताएका छन् । विधिको शासन र व्यवस्थाप्रति विश्वास गर्नेहरुले नै संसद विघटनका बारेमा सर्वोच्चमा विचाराधिन अवस्थामा रहेको विषयमा बोल्नु गलत भएको उनले बताए । रिपोटर्स क्लब लुम्बिनीले सोमबार बुटवलमा गरेको साक्षात्कारमा बोल्दै भण्डारीले संसद विघटनको विषयमा सर्वोच्चकै फैसला मान्नु पर्ने बताए ।

संसद विघटन गर्न पाउने अधिकार संविधानमा उल्लेख गरिएको छैन, उनले भने, ‘ सो अस्पष्टता बारे व्याख्या गर्ने सर्वोच्च अदालतले हो ।’ सर्वोच्चले दिने नतिजा नै पर्खनु बाहेकको विकल्प नरहेको उनको भनाई छ । नेता भण्डारीले वर्तमान सरकारले जनताका पक्षमा काम गर्न नसकिरहेको अवस्थामा केपी ओलीले संसद विघटन गर्नु सकारात्मक भएको बताए । सत्तारुढ दल नेकपामा जनताका बारेमा भन्दा बढी पदकै लागि झगडा भइरहेको भन्दै उनले सरकारले कुनै काम गर्न नसक्ने भएपछि संसद विघटन गरेर चुनावमा जाने निर्णय गर्नु सकारात्मक रहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया