स्कुटर जलाएको आरोपमा स्याङजावाट एक जना पक्राउ

प्रकाशित मिति:

स्याङजा । पार्किङ गरी राखेको स्कुटर जलाएको आरोपमा २८ वर्षीय रविन क्षेत्री पक्राउ परेका छन्। आँधीखोला गाउँपालिका निवासी क्षेत्रीलाई सोही गाउँपालिका २ का खिमानन्द सापकोटाको ग १ प ९६३७ नम्बरको स्कुटर जलाएको आरोप छ। झण्डै २ साताअघि स्कुटरमा आगजनी भएको थियो।

सापकोटाले आफनो घर नजिकै पार्किङमा राखेको अवस्थामा रातको २ बजे जलाएको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा क्षेत्रीलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए। आरोपित क्षेत्रीलाई आपराधिक प्रवेश तथा आपराधिक उपद्रव सम्बन्धी मुद्धा दर्तागरी अदालतबाट ७ दिनको म्यादथप भएको प्रहरीले जनाएको छ।