ज्योतिनगर क्षेत्र बिकास युथद्वारा बनभोज तथा भेटघाट

प्रकाशित मिति:

बुटवल – ज्योतिनगर क्षेत्र बिकास युथद्वारा बनभोज तथा क्लबका समस्त सदस्यहरुको जमघट एबम मिलन कार्यक्रम सम्पन्न भएको छ ।

ज्योतीनगर क्षेत्र बिकास युथका वरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठको संयोजकत्तोमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा सामाजिक अभियानता एबम नेबिसंघका केन्द्रीय उपाध्यक्ष मुक्तीराज पौडेल , नेपाली कांग्रेसका नेता आनन्द भगत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

बिगतका बर्षहरुमा पनि मनिष श्रेष्ठको नेतृत्वमा विभिन्न कार्यक्रमहरु क्लबले गर्दै आएको थियो । कार्यक्रममा क्लबका ७५ जना भन्दा बढी सदस्यहरुको उपस्थिति रहेको संयोजक मनिष श्रेष्ठले सबलपोस्टलाई जानकारी दिनुभयो ।