बुटवलमा माघ २ गते हुने टेबल टेनिसमा डिएचएस र लिनिड.को साथ

बुटवलमा आगामी माघ २ र ३ गते बुटवल ओपन क्यास प्राईज एण्ड स्कुल लेभल टेवल टेनिस प्रतियोगिता हुने भएको छ । बुटवल टेबल टेनिस एकेडेमी बुटवल ११ देविनगरको आयोजनामा प्रतियोगिता हुने एकेडेमीका संचालक प्रज्वल श्रेष्ठले बताए । स्कुल देखि नै खेलाडि उत्पादन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा अन्डर १४ ब्वाईज सिंगल, अन्डर १८ ब्वाईज सिंगल, मेन्स ओपन र वुमेन्स ओपनका खेल हुनेछन् । देविनगर स्थित एकेडेमीकै कभर्ड हलमा हुने प्रतियोगितामा १ सय ५० टिमको सहभागिता हुने श्रेष्ठले जानाकारी दिए । प्रतियोगितामा ओपन तर्फ प्रथम हुनेले नगद १० हजार, द्धितियले ५ हजार तथा तृतियले २५ सय प्राप्त गर्नेछन् । त्यस्तै, वुमेन्स ओपन तर्फ प्रथमले ५ हजार, द्धितियले २५ सय र तृतियले १५ सय प्राप्त गर्नेछन् ।यसैगरी अन्डर व्याईज सिंगल प्रतियोगितामा प्रथम हुनेले नगद ३ हजार प्राप्त गर्नेछन् । त्यस्तै द्धितिय र तृतियले क्रमश नगद २ हजार र १ हजार प्राप्त गर्नेछन् । त्यस्तै अन्डर १८ व्वाईज सिंगमा प्रथम हुनेले ४ हजार, द्धितिय हुनेले २ हजार र तृतिय हुनेले १ हजार प्राप्त गर्नेछन् । उक्त प्रतियोगिताको मुख्य प्रायोजन लिनिड र डिएसचएस ले गरेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया