रोट्याक्ट तिनाउ सिटि र रोटरी बुटवल साउथद्धारा प्रादेशिक अस्पताल मा चार्ज स्टेशन जडान

प्रकाशित मिति:

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा रोट्याक्ट क्लब अफ तिनाउ सिटि र रोटरी क्लब अफ बुटवल साउथले मोबाईल चार्ज स्टेशन जडान गरेको छ । अस्पतालमा आउँने बिरामीका कुरुवालाई मोबाईल चार्ज गर्न सजिलो होस भन्दै क्लबले आज अस्पतालमा चार्ज स्टेशन जडान गरेको हो । लुम्बिनी प्रादेशिक अस्पतालमा ६ वटा चार्ज स्टेशन जडान गरिएको रोट्याक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष अनुप पाण्डेयले जानकारी दिए अस्पतालमा आपत्तकालिन अवस्थामा आउने कुरुवाहरुलाइ लक्षित गरेर स्टेशन जडान गरिएको उनले बताए । बुटवलमा रहेका अस्पतालहरुमा ३० वटा जडान गर्ने लक्ष्य रहेको पाण्डेयको भनाई छ ।

अस्पतालका अध्यक्ष सुर्य प्रसाद भट्टराई र मेशु राजेन्द्र प्रसाद खनालको उपस्थितीमा चार्ज स्टेशन प्रदान गरिएको कार्यक्रमका संयोजक अशोक ज्ञवालीले जानकारी दिए । रोट्याक्ट क्लब अफ तिनाउ सिटिका अध्यक्ष अनुप पाण्डेय र रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष प्रेम भुर्तेलको अध्यक्षतामा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा रोटरीका पुर्व अध्यक्षहरु देविदत्त ज्ञवाली , लक्षमण ज्ञवाली ,निर्वाचित अध्यक्ष धुर्व धिताल , सचिब शारदा पंगेनी, रोट्याक्टका पुर्वअध्यक्षहरु ज्ञानेन्द्र गिरी , उमानाथ अधिकारी , प्रकाश पराजुली , रोट्याक्टक डिस्ट्रिक ३२९२ बाट जोन ११ का जेडआर आर तथा पुर्व अध्यक्ष दिनेश गैंरे र कम्युनिटि सर्विस डाईरेक्टर रेशम खड्काको उपस्थिती रहेको थियो । कार्यक्रम क्लबका सचिब मनोरथ आर्यलको सञ्चालनमा सम्पन्न भएको थियो ।