लुम्विनी टेक्टर समितिको सातौं अधिवेशन बाट लोकतान्त्रिक प्यानल विजयी

२७ पुष २०७७, सोमबार ०   बिचार / प्रतिक्रिया


लुम्विनी टेक्टर समितिको १८ औं वार्षिक साधारण सभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ । अधिवेशन बाट लोकतान्त्रिक प्यानल विजयी भएको छ। लोकतान्त्रिक प्यानलका तर्फबाट अध्यक्ष स्वयम बन्दु कार्की सहित पदाधिकारी तथा सबै सदस्य विजयी भएका हुन्। कार्कीले नेकपा प्यानलका अध्यक्ष खेम प्रसाद गौतमलाई एक सय ४२ मत अन्तरले पराजित गरी विजयी भएका हुन्। कार्कीले १ सय ४२ र गौतमले ले १७ मत प्राप्त गरेका थिए। त्यस्तै उपाध्यक्षमा टिकाराम गौतम, महासचिवमा शुरेस कुमार पौडेल, सचिवमा अजय राना र कोषाध्यक्ष मा झविन्द्र शर्मा बिजयी भएका छन्।  नयाँ नेतृत्वको लागि सोमबार भएको निर्वाचनमा सदस्य क्षेच्र नं १ बाट उसमान अलि ,बालकृष्ण पाण्डेय क्षेत्र नं २ बाट गोपिकृष्ण तिवारी क्षेत्र नं ३ बाट लक्ष्मी गिरी,कमल प्रसाद पाण्डेय , अरुणा राना यस्तै क्षेत्र नं ४ बाट उमेश पुन क्षेत्र नं ५ ६ र ७ बाट गर्भा धारु, तुल्सी राम शर्मा र सुन्दर यादवको टिम विजय भएका हुन।

फेसबुकबाट तपाईको प्रतिक्रिया