पेन्सलभेनिया चाल्डफन्टमा अहीले सम्मकै ठुलो छठ पुजा

प्रकाशित मिति:

अमेरीका । अमेरीकाको पेन्सलभेनिया चाल्डफन्टमा अहिले सम्मकै ठुलो छठ पुजा सम्पन्न भएको छ । अमेरीकामा रहेको भारतीय मन्दीरमा एन्टा नामक संस्थाले छठ पुजाको आयोजना गरेको मुकेश यादवले जानकारी दीनु भएको छ । सो संस्थाका अध्यक्ष निलु झा रहनु भएको छ । नेपालमा रहदा मनाईरहेका चाड पर्वहरुलाई अमेरीकामा पनी संकृतीको जर्गेना गर्ने उदेश्यकासाथ मनाईने गरेकाले प्रत्यक वर्ष आयोजना भईरहेको छठ पर्व अवका दिनमा पनी निरन्तर आयोजना हुने मुकेश यादवले वताउनु भएको छ । निकै भव्य रुपमा सम्पन्न भएको छठ पुजामा १०० जना भन्दा वढीको उपस्थीती रहेको थियो ।