मुक्तिनाथ लायन्सको फलोसिप तथा बनभोज कार्यक्रम सम्पन्न

२८ पुष २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


लायन्स क्लब अफ बुटवल मुक्तिनाथले सोमबार एक कार्यक्रमका बीच लायन्स फलोसिप तथा बनभोज कार्यक्रम(२०२१ सम्पन्न गरेको छ । सामाजिक कार्यमा क्रियासिल लायन्स क्लब अफ बुटवल मुक्तिनाथले लायन्स अन्तरास्ट्रियका संस्थापक मेल्बिन जोनको १४२औ जन्मजयन्ती सप्ताहव्यापी रुपमा मनाउने क्रममा सो कार्यक्रम सम्पन्न गरिएको हो ।अघिल्लो दिनमात्र बुटवल १३,बदेलापोखरी स्थित श्री जितेस्वरी माध्यमिक बिद्यालयमा अध्ययनरत परिवारको आर्थिक अवस्था कमजोर रहेका ४२ जना विद्यार्थी हरुलाई न्यानो कपडा सहयोग गरेको क्लबले दोस्रो दिन फलोसिप कार्यक्रम सम्पन्न गरेको अध्यक्ष सुरेशचन्द्र भट्टराईले जानकारी दिनुभएको थियो । तिलोत्तमा नगरपालिका संकरानगर स्थित बनाबातिकामा सम्पन्न सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्सका पुर्व गर्भनर महेन्द्रनारायण श्रेष्ठले मुक्तिनाथ लायन्स क्लब यो क्षेत्रको उदारणीय क्लब भएको बताउदै बिगत देखि आजसम्मका कामहरु नियाल्दा क्लब अति सक्रिय देखिएको बताउनु भएको थियो ।हिजो मात्र न्यानो कपडा वितरण गरेको क्लबले आज फलोसिप कार्यक्रम गरि आफुहरुलाई पनि निमन्त्रणा गरेकोमा उहाले क्लबलाई धन्यवाद दिनुभएको थियो ।

सोहि कार्यक्रमको अवसर पारेर क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराईले क्लबमा जुलाई २०२० मा आफु नेतृत्वमा आएपछिको ६ महिनामा सम्पन्न गरिएका मुख्य कार्यक्रम हरुको जानकारी सहित भाबि कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बिसिस्ट अतिथि लायन्सका एरिया चिफ सन्दिप कसौधनले कार्यक्रमहरुको प्रसंसा गर्दै क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराई लाई सर्भिस पिन साथै क्लबका इश्वर प्रसाद घिमिरे र राजेश गौतमलाई गभर्नर पिनले सम्मान समेत प्रस्तुत गर्नुभएको थियो । क्लबका अध्यक्ष सुरेशचन्द्र भट्टराई को अध्यक्षता र सचिब गोविन्दप्रसाद बन्जाडेको संचालनमा सम्पन्न कार्यक्रममा जोन चेयारपर्सन गणेशप्रसाद भट्टराई, पुर्व अध्यक्ष लक्ष्मण रेग्मी,कार्यक्रम संयोजक राजेश गौतम ,प्रथम उपाध्यक्ष कृष्णप्रसाद पाण्डे, लगायतले बोलेका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया