लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीद्धारा मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना

२८ पुष २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–२ स्थित मेउडिहवा आधारभुत विद्यालयमा छात्रवृत्ति अक्षयकोष स्थापना गरेको छ । १४२ औं मेल्भिन जोन्सको जन्मोत्सवको अवसर पारेर मंगलबार विद्यालयमा २ लाख १६ हजार १ सय रुपैयाँको छात्रवृत्ति अक्षयकोष स्थापना गरिएको क्लबका संस्थापक अध्यक्ष शिवनाथ गुप्ताले बताए । अक्षयकोषको रकमबाट प्राप्त व्याजबाट विद्यालयमा अध्ययनरत गरीब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने गुप्ताले जानकारी दिए । छात्रवृत्ति अक्षयकोष स्थापना कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ धर्मराज श्रेष्ठले सामुदायिक विद्यालयलाई सहयोग गर्नुपर्ने बताए । उनले विद्यालयको अवस्थालाई हेरेर संघ–संस्थाले सहयोग गर्नुपर्नेमा जोड दिए ।

विशिष्ट अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले बोल्ने मान्छे भन्दा काम गर्ने मान्छेको विश्वास गर्नुपर्ने बताए । उनले भने, ‘समाजको लागि केही गर्नुपर्छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष दिपक कुमार थापाले विद्यालयलाई अन्य संघ–संस्थाले पनि सहयोग गर्नुपर्ने बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका स्ट्राटिजिक चिफ महेशचन्द थापाले सेवा गर्ने हात बढ्नु राम्रो काम भएको बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपाल एरिया–४ का हेड इभालुयसन टिम विनोद खरेलले आगामी दिनमा पनि लायन्स क्लब अफ भैरहवा ग्रीन सिटीले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु नेपालका एओजी एमजेएफ अर्चित श्रेष्ठले लायन्सको मुख्य उद्देश्य भनेकै समाजसेवा रहेको बताए । विद्यालयका प्रअ आशा थापाले विद्यालयमा क्लबले सहयोग गर्नु सराहनीय रहेको बताइन् । लायन्स रिजन चेयरपर्सन शुशिल गुरुङले अक्षयकोषले विद्यालयलाई ठूलो सहयोग पुग्ने बताए । क्लबका अध्यक्ष शिवनाथ गुप्ताको अध्यक्षता, जनसम्पर्क अधिकारी बीना पौडेलको ध्वजा अभिवादन, कार्यक्रम संयोजक एवं क्लबका सचिव भीम बहादुर थापाको स्वागत तथा प्रथम उपाध्यक्ष गोविन्द प्रसाद गिरीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया