कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुल्यो

२८ पुष २०७७, मंगलवार ०   बिचार / प्रतिक्रिया


विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा हालिएको रिट खारेज भएसँगै कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ । सर्वोच्चले सो रिट खारेज गरेसँगै देशभर कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको हो ।
सो रिटमा फैसला नहुँदा महिनौँदेखि पाठ्यक्रमसम्बन्धी अन्योल थियो । देशभर कतै पुरानो पाठ्यक्रम र कतै नयाँ पाठ्यक्रमअनुसार पठनपाठन गरिएको थियो । अब भने राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ अनुसार नयाँ पाठ्यक्रम लागु हुने भएपछि पाठ्यक्रमसम्बन्धी अन्योल हट्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया