नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग

प्रकाशित मिति:

तिर्थराज ज्ञवाली, पुस २९, सिसहनिया(देउखुरी दाङ)

नेसनल प्याब्सन राप्तीद्वारा आश्रममा खाद्यान्न सहयोग गरिएको छ ।  नेसनल प्याब्सन राप्ती गाउँपालिकाले निल सागर सेवा आश्रम सिसहनियालाई खाद्यान्न सहयोग गरेको हो ।नेसनल प्याब्सनको २३ औं स्थापना दिवसको अवसर पारेर सडक सहयोगापेक्षी मानवहरुका लागि उक्त खाद्यान्न सहयोग गरिएको नेसनल प्याब्सन दाङ जिल्ला सहसचिव एवं राप्ती गाउँपालिका समयोजक विक्रान्त ज्ञवालीले जानकारी दिनु भएको छ ।निलसागर सेवा आश्रम दाङ जिल्ला अध्यक्ष प्रकाश बिष्टलाई खाद्यान्न हस्तान्तरण गरिएको थियोे । सहजतामा मात्र होइन सङ्कटमा पनि साथ, निजी विद्यालय सदैव बालबालिका माझ भन्ने नाराका साथ मनाइएको स्थापना दिवसमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गर्न पाएकोमा संयोजक ज्ञवालीले खुशी व्यक्त गर्नुभएको थियोे ।नेसनल प्याब्सनको २३औं स्थापना दिवसको अवसरमा नेसनल प्याब्सन राप्ती गाउँपालिकाद्वारा सडक सहयोगापेक्षी मानवका लागि निल सागर सेवा आश्रम सिसहनिया मा नेसनल प्याब्सनमा आवद्ध विद्यालयहरुका प्रतिनिधिहरुको समेत सहभागीता रहेको थियो ।