सामुदायिक रेडियो दाउन्ने बर्दघाट को १० औँ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

दाउन्ने सुचना तथा सहकारी सस्था लिमिटेडद्धारा सञ्चालित सामुदायिक रेडियो दाउन्ने १०३.४ मेगाहर्ज बर्दघाट पश्चिम नवलपरासीको १० औँ बार्षिक साधारण सभा तथा ५ औँ अधिबेशन मंगलबार शिवालय मन्दिर बर्दघाटको सहभाहलमा सम्पन्न भएको छ । सस्थाका अध्यक्ष नारायण पाण्डेको अध्यक्षता तथा बर्दघाट नगरपालिकाका नगर प्रमुख धिरज शर्मा बस्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा बोल्दै नगर प्रमुख बस्यालले समाज रुपान्तरणको मुख्य आधार मिडिया जगत रहेको बताउदै सुसंस्कृत, सभ्य समाज निर्माणमा रेडियोको निर्णायक भुमिका हुने हुंदा निश्पक्ष र सत्यमा आधारित सुचना,समाचार सम्प्रेषण गर्नुपर्नेमा कुरामाथि जोड दिनुभएको थियो । बस्यालले विकासका हरेक क्षेत्रमा रेडियोको प्रभावकारी भुमिका हुनुपर्ने भन्दै सहयोग गर्न आफुहरु तयार रहेको बताउनुभएको थियो

सोही अवसरमा बोल्दै विशिष्ट अतिथि बर्दघाट नगर उपप्रमुख माया देवी पौडेलले समाज परिर्वतन र सहि सुचना दिन रेडियोको दायित्व रहेको बताउदै कोरोना संक्रमणको बेला पनि अहोरात्र सुचना,सन्देश प्रसारण गर्दै आएको प्रति सामुदायिक रेडियोहरुलाई धन्यबाद ब्यक्त गर्नुभएको थियो । सो अवसरमा क्रिमसन अस्पताल बुटवलका निर्देश क चिन्तामिण पाण्डे लगाएतले मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा अध्यक्षको बार्षिक प्रगति प्रतिबेदन अध्यक्ष पाण्डेले प्रस्तुत गर्नुभएको थियो भने लेखा प्रतिबेदन लेखा समयोजक दिपक ढकालले प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सस्थाकी कोषाध्यक्ष कमला शर्माले १७ लाख ३६ हजार ९ सय ५ रुपिया बराबरको आय ब्यय विवरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट विज्ञापन दाता, उत्कृष्ट कर्मचारी लगाएतलाई सम्मान गरिएको कार्यक्रममा ससथका सम्पुर्ण पदाधिकारी, कर्मचारी, सेयर सदस्यहरु, विभिन्न संघ सस्थका प्रतिनिधि, पत्रकार लागएतको उपस्थिती रहेको थियो । सस्थाकी उपाध्यक्ष सरिता खनालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सस्थाका सह सचिव विनिराम भुषालले गर्नुभएको थियो । आगामी माघ २४ गतेको लागी सारिएको अधिबेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।