स्नूकर खेलाडी छनोटका लागि वार्मअप टुर्नामेन्ट

२९ पुष २०७७, बुधबार ०   बिचार / प्रतिक्रिया


बुटवल । काठमाडौंमा हुने राष्ट्रिय स्तरको स्नूकर प्रतियोगिताका लागि बुटवलमा खेलाडी छनोट गर्न वार्म अप टुर्नामेन्ट हुने भएको छ । काठमाडौंमा माघ २४ गतेदेखि हुने २ लाख ११ हजार र १० लाख पुरस्कार राशीको प्रतियोगिताका लागि जिल्लाबाट भाग लिने खेलाडी छनोट गर्न वार्मअप टुर्नामेन्ट ( अभ्यास खेल) गर्न लागेको हो ।

बुटवल अमरपथस्थित खस्यौली स्नुकर क्लबमा माघ २ गतेदेखि प्रतियोगिता हुने आयोजक रुपन्देही पूल तथा स्नूकर संघ रुपन्देहीले जनाएको छ । टुर्नामेन्टमा ३५ जना भन्दा बढी खेलाडी सहभागी हुने अपेक्षा गरिएको संघका अध्यक्ष जगेन्द्रमान श्रेष्ठले बताए । दर्ता शुल्क एक हजार लिइने टुर्नामेन्टमा उत्कृष्ट हुने बढीमा ६ जना खेलाडीलाई काठमाडौंमा हुने प्रतियोगितामा पठाइने छ । दर्ता शुल्क वापत उठेको रकम छनोट भएका खेलाडीलाई दिइने संघका उपाध्यक्ष सुजन पुनले बताए । पत्रकार सम्मेलनमा खेल संयोजक नवीन गुरुङ,संघका सचिव शिव राना,उपाध्यक्ष बबिन थापा लगायतले बोल्दै खेलाडीलाई प्रतियोगिताका लागि तयारी अवस्थामा राख्न टुर्नामेन्ट गरिएको र यसले सकारात्मक परिणाम दिने बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया