मैत्रीपूर्ण खेलमा जर्मनीद्वारा रसिया पराजित

प्रकाशित मिति:

३० कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रपूर्ण खेलमा जर्मनीले २०१८ को विश्वकप आयोजना गरेको राष्ट्र रसियालाई पराजित गरेको छ ।

बिहीबार राति आफ्नै घरेलु मैदानमा भएको खेलमा रसियामाथि लय विर्सेको जर्मनीले सहज जित निकालेको हो । २०१८ मा जर्मनीले कुनै पनि खेल राम्रोसँग खेल्न सकेन । विश्वकप फुटबलमा डिफेन्डिङ च्याम्पियन समेत रहेको जर्मनी समूह चरणबाटै बाहिरिएपछि सर्वत्र आलोचना पनि भएको थियो ।

जर्मनीको जितमा लेरोय साने, निकलस सुले र सर्जे गन्याब्रीले गोल गरे । जर्मनीले तीनै गोल पहिलो हाफमा गरेको थियो । खेलको आठौं मिनेटमा खनै सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए ।

खेलको २५औं मिनेटमा सुलेले गोल गरेपछि जर्मनीले दोब्बर अग्रता बनाएको थियो । खेलको ४०औं मिनेटमा गन्याब्रीले गोल गरेपछि जर्मनीले पहिलो हाफसम्म ३–० गोलको अग्रता बनाएको थियो ।

पहिलो हाफमै ३ गोल खाएको रसियाले दोस्रो हाफमा भने केहि सुधारिएको प्रदर्शन गरेको थियो । तर गोल गर्न भने सकेन ।