मेदिनी विद्यालयमा किवानिजको सहयोग

प्रकाशित मिति:

रुपन्देहीको तिलोत्तमा–६ बाह्रनम्बरमा रहेको मेदिनी आधारभुत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीका लागि जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । बालबालिका तथा विद्यार्थीको सहयोगका लागि स्थापित किवानीज क्लव अफ रुपन्देही लुम्विनीले मेदानी आधारभुत विद्यालयमा रहेका करिव एक सय विद्यार्थीहरुलाई जाडोको न्यानो कपडा तथा शैक्षिक सामाग्री सहयोग गरेको हो । बुधबार एक कार्यक्रमको आयोजना गरि किवानीजले विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा ट्रयाक सुट र कपि कलम सहयोग गरेको हो । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष जगत पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संरक्षक मनोज धिताल, क्लवका निर्वतमान अध्यक्ष सुरज पंगेनी, कार्यवहाक अध्यक्ष कमल कंडेल, विद्यालयका प्रधानाध्यापक सिता पौडेल लगायतको उपस्थिती रहेको थियो ।