लायन्स क्लब अफ भैरहवा गौतमबुद्धको पहिलो कार्यक्रम श्री सत्य साई वृद्धाश्रममा सम्पन्न

प्रकाशित मिति:

केही समयअघि मात्रै स्थापना भएको लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले आफ्नो पहिलो कार्यक्रम वृद्धाश्रममा सम्पन्न गरेको छ । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धको स्पोन्सरमा स्थापना भएको क्लबले बिहीबार रुपन्देहीको ओमसतिया गाउँपालिका–४ बालापुरस्थित श्री सत्यसाई बृद्ध सेवा आश्रममा रहेका वृद्धवृद्धाहरुलाई खिचडी खुवाएको छ । माघे संस्कृतिको अवसर पारेर ‘अ प्रोग्राम अण्डर हंगर एण्ड रिलिफ’ अन्तर्गत लायन्स खिचडी कार्यक्रम आयोजना गरिएको क्लबका संस्थापक अध्यक्ष पिन्टु वनियाले बताए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपालका स्ट्राटिजिक चिफ पीएमजेएफ नवराज न्यौपानेले समाजको लागि केही न केही काम गर्नुपर्ने बताए । उनले लायन्सको माध्यमबाट सामाजिक सेवाका हातहरु अगाडी बढेको बताए ।लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ का डेड–इभालुएसन टिम विनोद खरेलले आफु लायन्स क्लब अफ सिद्धार्थनगरको अध्यक्ष हुँदा पहिलो कार्यक्रम अन्तर्गत वृद्धाश्रममा वृक्षारोपण कार्यक्रम गरेको स्मरण गरे ।

लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ का को–चिफ धिरज मल्लिकले क्लबले आगामी दिनमा पनि रचनात्मक कार्यहरुलाई अगाडी बढाउनुपर्ने बताए । लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ नेपाल एरिया–४ का कोषाध्यक्ष गौतम कुमार गुप्ताले लायन्स क्लब अफ भैरहवा गौतमबुद्धको पहिलो कार्यक्रम नै राम्रो कार्यक्रम भएको बताए । लायन्स क्लब अफ भलवारीका अध्यक्ष डा। अमित के।सी।ले क्लबले आगामी दिनमा वृद्धाश्रमलाई सहयोग गर्ने बताए । लायन्स क्लब अफ सिद्धार्थनगर गौतमबुद्धका अध्यक्ष अरुण कुमार मिश्राले माघे संक्रान्ति वृद्धाश्रममा मनाउने कार्य सराहनीय भएको बताए । आश्रमकी अध्यक्ष माया खरेलले लायन्स क्लब अफ भैरहवा गौतमबुद्धले राम्रो काम गरेको बताइन् । लायन्स क्लब अफ भैरहवा गौतमबुद्धका संस्थापक अध्यक्ष पिन्टु बनियाको अध्यक्षता, कार्यक्रम संयोजक दिनेश चौधरीको स्वागत, कोषाध्यक्ष कृपा श्रेष्ठको ध्वजा अभिवादन तथा सह–सचिव दुर्गा कान्दुको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।