विपी विचारद्धारा शोक सभा सम्पन्न

प्रकाशित मिति:

विपी विचार राष्टिय समाज रुपन्देहीले समाजका उपाध्यक्ष शारदा गौतमका ससुरा वुवा वद्रिनाथ गौतमको सम्झनामा शोक सभा गरेको छ । समाजका अध्यक्ष शरद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा सहभागीहरुले स्वगिय गौतमको योगदानको चर्चा गरे । सो अवसरमा काग्रेस नेता तथा सार्वजनिक लेखा समितीका सभापती भरत कुमार शाहले काशिनाथ गौतमको परिवारको पार्टिमा ठुलो योगदान रहेको भन्दै वद्रिनाथ गौतमले रुपन्देहीमा गरेको संगठन निकै अविस्मरिणिय रहेको बताए । स‍ो अवसरमा नेता शाहले भारतिय मिडियाको प्रयोग गरेर ओलिले नौटङकी गरेको बताए । सो अवसरमा नेपालि काङ्ग्रेसका उपसभापति फडिन्द्रशर्मा , नेपाली काङ्ग्रेसका युवा नेता तथा प्रदेस सदस्यका प्रत्यासिबिष्णु पोखरेल , हरि न्यौपाने ,विक्रम खड्का , बडा अध्यक्ष नारायन न्यौपाने सहसचिव नेत्र भट्टराई समाजका सभापति सरद भट्टराईले गौतमको योगदानको चर्चा गर्नु भएको थियो । शोकसभा कार्यक्रमको सन्चालन समाजका सचिब कृष्ण पोखरेलले गर्नु भएको थियो।