तिलोत्तमामा क्रिकेट एकेडेमीको सुरुवात

प्रकाशित मिति:

तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधा सम्पन्न ब्यवसायीक एकेडेमी शुभारम्भ गरेको छ । विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगम सिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन । तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भ्रुतेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेको कृष्ण भुषालको संयुक्त लगानीमा एकेडेमी संचालनमा ल्याएका हुन । संचालक कृष्ण भुषालले क्रिकेट खेलको नया खेलाडी उत्पादन र ब्यवसायिकता ल्याउन लगानी गरेको बताए । अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले एकेडेमी संचालनले आफुलाइ निकै खुसी लागेको बताए ।

तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ । दुई वटा सिमेन्ट र एउटा टर्फ गरि ३ वटा पिच तयार गरिएको छ । लिजमा रहेको जग्गामा करीब ३० लाख रुपैया खर्च गरेर पुर्वाधार निर्माण भएको उनले जानकारी दिए । बिहान साझ गरि शुरुवातमा पहिलो चरणमा ५० जनालाई तालिम दिईने प्रमुख प्रशिक्षक शंकर रानाले बताए । एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिने छन ।