परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्री जयशंकरबीच आज भेटवार्ता हुँदै

प्रकाशित मिति:

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आज भेटवार्ता हुँदैछ ।​ दुईबीच बिहान ११ बजे छलफल हुने र त्यसपछि हैदराबाद हाउसमा संयुक्त आयोगको बैठक बस्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

नेपाल-भारत संयुक्त आयोगको बैठकमा ईपीजी प्रतिवेदन, कोरोना भाइरसविरुद्धको खोप, उर्जा, केनेक्टिभिटीलगायतका विषयमा छलफल हुने जनाइएको छ । तर सीमा विवादको विषयमा भने छलफल हुने नहुने भन्नेबारे केहि खुलाइएको छैन ।

तीन दिने भ्रमणका क्रममा मन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्तासमेत गर्नेछन् । बैठकमा भाग लिन हिजो बिहान भारत गएका मन्त्री ज्ञवाली भोलि बेलुकी स्वदेश फर्कने कार्यक्रम रहेको छ ।