प्रचण्ड–नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै, माधव नेपालको प्रतिवेदनमाथि छलफल हुने

प्रकाशित मिति:

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड माधव खेमाको स्थायी कमिटी बैठक आज (शुक्रबार) बस्दै छ।

बिहान ११ बजे बस्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदनमाथि छलफल हुने छ।

आजको बैठकमा संसद विघटन विरुद्ध आन्दोलनका थप कार्यक्रमहरु ल्याउने बारे पनि छलफल हुने बताइएको छ।

पुष ५ गते प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटनको घोषणा गरेपछि नेकपाको ‘प्रचण्ड–नेपाल’ खेमा आन्दोलनमा छ।