पीएम कप : गण्डकीविरुद्ध आर्मी टस जितेर ब्याटिङ गर्दै

प्रकाशित मिति:

काठमाडौं- प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टोली त्रिभुवन आर्मी र गण्डकी प्रदेशबीच खेल हुँदैछ ।

त्रिवि मैदानमा हुने खेलमा आर्मीले टस जितेर ब्याटिङ रोजेको छ । आर्मी विनोद भण्डारीको कप्तानीमा र गण्डकी विपिन खत्रीको कप्तानीमा खेल्दैछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा आयोजना भएको प्रतियोगितामा सात प्रदेश र तीन विभागीयसहित १० टिमले प्रतिस्पर्धा गर्दैछन् ।