विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख पुग्यो

प्रकाशित मिति:

विश्वभर कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको छ । पछिल्लो २४ घण्टामा १५ हजार २८१ संक्रमितको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २० लाख नाघेको हो । शुक्रबार बिहानसम्म २० लाख १ हजार २०९ संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ७ लाख ४७ हजार ३१७ जनामा संक्रमण पुष्टि भएसँगै विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३५ लाख नाघेको हो । यस्तै संक्रमित संख्या ९ करोड ३५ लाख ७ हजार ९४२ पुगेको छ । यसमध्ये ६ करोड ६७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् । यो समाचार तयार पार्दासम्म कुल संक्रमितको ७१ प्रतिशतभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा ५ लाख ४०४ जना निको भएपछि संक्रमणमुक्त हुनेको संख्या ६ करोड ९७ लाख ८७८ पुगेको छ । सक्रिय संक्रिमतको संख्या २ करोड ४७ लाख ८ हजार ८५५ छ । यसमध्ये १ लाख ११ हजार ७३१ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।