पेट्रोलियम पाइपलाइन फुटाएर डिजेल चोरी

प्रकाशित मिति:

काठमाडौं, माघ २ : बाराको अमलेखगन्जस्थित नेपाल आयल निगमको डिपोमा पटनाबाट सिवान र मोतिहारी हुँदै पेट्रोलियम पाइपलाइनमार्फत आएको डिजल चोरी भएको छ। बिहारको सिवान जिल्लाको डुमरा गाउँ नजिकै पेट्रोलियम पाइपलाइन फुटाएर डिजल चोरी भएको हो।

पाइपलाइनको सुरक्षामा खटिएका सुरक्षाकर्मीले खेतमा डिजल बगेको देखेपछि भारतीय आयल निगमका अधिकारीहरुलाई खबर गरेका थिए।भारतीय अखबार नवभारत टाइम्सका अनुसार बिहारमा पेट्रोलियम पाइपलाइन फुटाएर चोरी भएको यो पहिलो घटना हो। जिल्ला प्रशासन कार्यालय सिवानका अधिकारीहरुले करोडौं रुपैयाँ बराबरको डिजल चोरी भएको आशंका गरेका छन्। करिब चार फीट तलको फाइपलाइनमा सानो पाइप जोडेर डिजल चोरी भएको जनाएको छ।

महत्वाकांक्षी परियोजनाका रुपमा लिइएको मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको गत वर्ष भदौ २४ गते नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उद्‍घाटन गरेका थिए।