टिम नेपोले ल्यायो “10 Book challenge”

प्रकाशित मिति:

बिपिन नेपाल- टिम नेपोले देश भरिका कारागारहरुका कैदी बन्दीहरुको शैक्षिक उन्नति तथा उनीहरुको सामाजिक पुनर्स्थापना हेतुले पुस्तकालय स्थापना तथा शैक्षिक सामग्री वितरण गर्नका निम्ति विगत दुई बर्षदेखि संचालन गर्दैआएको ‘पुस्तक परियोजना’ अभियान अन्तर्गत युवा पुस्ताहरुलाई परिवर्तनको अभियान कर्ता बन्न प्रोत्साहन गर्नुका साथसाथै पुस्तक संकलन कार्यलाई सार्थक बनाउन ’10 Book Challenge’ संचालन गर्दै आएको छ। अभियानले हालसम्म अर्घाखाँची, स्याङ्गजा, तनहुँ तथा चितवन जिल्ला कारागारहरुमा पुस्तकालय स्थापना गरिसकेको छ।

अबको दिनमा उक्त अभियान बुटवलमा गर्ने हुनाले, युवा पुस्ता परिवर्तनको लागि बुटवल बासीहरुलाइ जोडिन साथै आफू छिम रहेको पुस्तक टिम नेपो बुटवल लाई दिन अनुरोध गरेको  छ। उक्त Challenge मा सहभागीहुनका निम्ति तपाईंसँग भएका कम्तिमा १० नयाँ तथा पुराना पुस्तकहरू दान गरि ३ जना अन्य व्यतिहरुलाई यस Challenge मा सहभागीहुन मनोनयन गर्नुपर्नेछ। पुस्तक सहयोग गरि यस Challenge मा सहभागी हुने सम्पूर्ण सहभागीलाई बिशेष सम्मान तथा डिजिटल प्रमाण प्रत्रको पनि व्यवस्था गरिएको छ। हालसम्म ११४ जनाले 10 BOOK CHALLENGE मा सहभागिता दिईसक्नुभएको छ। तपाईपनि आझै परिवर्तनको हिस्सा लिन सक्नुहुनेछ ।

 

पुस्तकका प्रकार:

· साहित्य (कथा, कविता, निबन्ध, नाटक, उपन्यास, चुटकिला, गजल, लघुकथा, आत्मवृतान्त, जिवानी आदि) ।
· सामान्य कथा, प्रेरणादायक पुस्तकहरू, Self-help books, पुस्तक लेखन, कला, सिप, शिक्षा, शरीर निर्माण, स्वास्थ्य, कृषि, खेलकुद, संगीत सम्बन्धि पुस्तकहरु ।
· नेपाली साहित्य, नेपालको इतिहास, भूगोलका सामग्रीहरु ।
· सामान्य ज्ञान सम्बन्धि पुस्तकहरु, माशिक पत्रिका आदि ।
· नेपालको संबिधान, कानुन, मुलुकी ऐन, अपराध, करणी, फौजदारी तथा कसुर सजाय ऐन सम्बन्धि पुस्तकहरु ।
· पुस्तकहरू कुनै पनि भाषाहरूमा हुन सक्छन् जुन भाषा नेपालमा सामान्यतया अभ्यासमा छन् ।

हामीले नगरे कसले गर्ने , आज नगरे कहिले गर्ने ?

बिस्तृत जानकारीका लागि :-  ९८६७७५३३०७
[email protected] मा तपाइँका जिज्ञासाहरु पठाउनुहोला।