सुनचाँदीको मूल्यमा सामान्य गिरावट

प्रकाशित मिति:

साताको पहिलो दिन सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । माघ ४ गते,आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो । आज छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढोत्तरी भएको थियो । उक्त दिन सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी आइतबार चाँदीको भाउ पनि तोलामा ३० रुपैयाँले ओरालो लागेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २३० रुपैयाँमा किनबेच हुँदैछ । शुक्रबार चाँदी प्रतितोला एक हजार २६० रुपैयाँमा कारोबार भएको थियो ।