मुक्तिनाथ विकास बैंकको लाभांश सेयरधनीको बैंक खातामा जम्मा

प्रकाशित मिति:

मुक्तिनाथ विकास बैंक लिमिटेडले नगद लाभांश आफ्ना सेयरधनीहरूको बैंक खातामा जम्मा गरेको छ । बैंकको पौष २५ गते सम्पन्न भएको १४औं वार्षिक साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित ४:२५७४ प्रतिशत नगद लाभांश पौष १२ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको खातामा जम्मा गरिएको बैंकले जनाएको छ ।

बैंकले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका सेयरधनीहरुलाई सेयर अभौतिकिकरण गरी आफ्नो लाभांश प्राप्त गर्नका लागि आग्रह गरेको छ ।