निर्वाचन आयोगले गर्यो मघ १५ गते मतदाता नामावली प्रकाशन गर्न प्रस्ताव

प्रकाशित मिति:

निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशन गर्न राजनीतिक दलहरुसँग छलफल गरेको छ। आयोगले आज राजनीतिका दलहरुसँग गरेको छलफलमा माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने र त्रुटि भए सच्याउन १६ र १७ गते निवदेन दिने प्रस्ताव गरेको हो। प्रतिनिधिसभा विघटनपछि वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपनि प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दा संवैधानिक इजलासमा अझै विचाराधीन छ।