स्याङ्जा उद्योग वाणिज्य संघको अध्यक्षमा रविन्द्रमान श्रेष्ठ निर्वाचित

प्रकाशित मिति:

भवानी अधिकारी, स्याङ्जा ,स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको पन्ध्रौं अधिवेशनले रविन्द्रमान श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । स्याङ्जा सदरमुकाममा शनिवार भएको संघको अधिवेशनले वरिष्ठ उपाध्यक्षमा हिक्मत श्रेष्ठ, प्रथम उपाध्यक्षमा राजन घिमिरे, द्धितिय उपाध्यक्षमा दीपकुमार श्रेष्ठ र तृतीय उपाध्यक्षमा सुनिता पौडेल निर्वाचित हुनु भएको हो ।

यसैगरी, महासचिवमा रामचन्द्र नेपाल, सचिवमा मित्रबन्धु पोखरेल, सहसचिवमा लक्ष्मण प्रधान, कोषाध्यक्षमा शा खालिद मिया र सहकोषाध्यक्षमा सुमन गुरुङ रहनु भएको छ । सदस्यमा अर्जुन थापा, दिपेन्द्रकुमार श्रेष्ठ, गंगा प्रधान, अतिप्रसाद श्रेष्ठ, रविन्द्र केसी, प्रकाश डोटेल, अनुप श्रेष्ठ र रामप्रसाद लम्साल निर्वाचित भएको निर्वाचन अधिकृत अधिवक्ता हरिप्रसाद रेग्मीले जानकारी दिनुभयो ।