लाइगर बाट बलिउड डेब्यू गर्दै विजय, पोस्टर सार्वजनिक

प्रकाशित मिति:

काठमाडौँ । तेलुगु अभिनेता विजय देवरकोण्डाको पहिलो बलिउड डेब्यू फिल्मको घोषण गरिएको छ । फिल्म ‘लाइगर’ बाट निर्माता करण जोहरले विजयलाई बलिउडमा डेब्यू गराएका हुन् ।

सोमबार फिल्मको पहिलो पोस्टर पनि सार्वजनिक गरिएको छ । करणले पोस्टर सार्वजनिक गर्दै लाइगर हिन्दी, तामिल, तेलुगु, कन्नड र मलयालम गरी पाँच भाषामा प्रदर्शनमा आउने पनि बताएका छन्। फिल्ममा अनन्या पाण्डे विजयसँगै मुख्य भूमिकामा देखिँदै छिन् भने फिल्मको निर्देशन पुरी जगन्नाथले गर्दैछन् ।

सन् २०११ मा तेलुगु फिल्म ‘नोविला’बाट फिल्मी करिअर शुरु गरेका उनी २०१७ को ‘अर्जुन रेड्डी’बाट चर्चामा आएका थिए । ‘अर्जुन रेड्डी’को हिन्दी रिमेक ‘कबिर सिंह’ले पनि राम्रो व्यापारिक सफलता हात पारेको थियो । ‘कबिर सिंह’मा बलिउड अभिनेता साहिद कपूर मुख्य भूमिकामा देखिएका थिए ।‘अर्जुन रेड्डी’ बाहेक विजयका ‘डियर कमरेड’ र ‘द वल्र्ड फेमस लभर’ फिल्म पनि दर्शकले निकै रुचाएका हुन् । फिल्मको पोस्टर सार्वजनिक भए पनि यसको प्रदर्शन मितिबारे भने केही खुलाइएको छैन । एजेन्सी